बिहानको
सुर्योदय संगै फेवाताल अनि वरीपरी को रमणीय गांउहरु अनि प्राकृतीक
सौन्दर्यले भरीपुर्ण भीर अनि
बन पाखाहरुको लोभलाग्दो दृश्यहरु देखिने र
माछापुछ्रे अनि अन्नपुर्ण हिम श्रृंखला को आत्मीय स्पर्श पाउने मात्र
नभई पंचासेको मायालु
आशीष बोकेको अतिनै सुन्दर अनि मनमोहक गांउको नाम
हो तामागी ।
सुर्यास्त पछी सांझ पख नेपालको पर्यटकीय सुन्दर
नगरी पोखरा
को बत्तीहरुको झिलमीलहाट देखिने मात्र नभई, त्यही शहर संग दुई वटा सडकले
जोडीएको र अहिलेको समयको माग अनुसार सम्पुर्ण आवश्यक पुर्वाधारहरु र
अन्य भौतीक सुबिधाहरुले सुसम्पन्न भएता पनि, लगभग ३०० वर्ष अघी देखी यस
गांउमा बसोबास गर्दै आई रहेका गुरुङ मुलका जातीहरु केही दशक अघी देखि
समयको माग पुरा गर्नको निम्ती हो या अन्य बिविध कारणहरुले गर्दा हुन
आफ्नो गांउ छोडी शहर, बजार अनि बिदेश तिर पलायन भएको कुरा एउटा मार्मीक
सत्य हो । अहिले त्यस गाउंमा मानीसको बसोबास पटक्कै छैन, जस्ले गर्दा
यो गाउं एउटा समसानघारी जस्तै हुन पुगेको छ भन्नुमा कुनै त्रुटी नहोला
। र यस्तो घनघोर सत्यता लाई आत्मसात गर्दै यहांका पुर्व बासिन्दाहरुले
आफ्नु जन्मभुमीलाई बिर्सनु हुन्न भनेर बिभिन्न प्रकारका उत्साहबर्द्बक
अभियानहरु संचालन गर्दै आई रहेको भएता पनि यस गांउको प्राकृतीक
सौन्दर्य, संस्कृतीहरु अनि सम्पदाहरु स्यहार सुसार नपाई अब लोप हुने
स्थितीमा भएको सत्यता लाई लुकाएर लुकाउन नसकिने स्थितीमा छ । भविश्यले
नयां कांचुली फेरेर यस गाउंको महत्वपुर्ण प्राकृतीक सौन्दर्य, सम्पदा,
संस्कार अनि ईतिहांस सदाको लागी जिवन्त रही रहन्छ होला भनी हामी आशावादी
छौं ।
Thank you for visiting Tamagi website!
This site has been visited
times since 5 August 2007