बेलायतको तामागी भेला २००९ यहि जुलाई महिनाको ११ गते शनिवारका दिन गोर्खा
भवन फार्नबरो मा सम्पन्न भएको थियो । बारबाक्यु को व्यवस्था वाई०बी०सी०
केटरीङ सर्भीसेसले गरेको थियो। त्यस्तै प्रकारले
तामागीका दाज्युभाई अनि दिदीबहिनी हरुले पनि आफ्नो आफ्नो
जिम्मेवारीहरु बहन गर्नु भएको थियो । Some people's work ethic and
devotion to the overall success of the party were above and beyond their call of
duty! विशेष गरी
शुरुदेखीनै कार्यक्रमको कोअर्डीनेशन मिलाउने श्री रामप्रसाद गुरुङ र जलपानको व्यवस्था
गर्ने श्री
सन्तोष गुरुङ साथै वहांको सहयोगीहरु गोलमान गुरुङ, सुनील गुरुङ र खुशीमान गुरुङ
र हलको सजावट र बस्ने बन्दोबस्त मिलाउने जिम्मेवारी लिने श्री नारायण गुरुङ र वहांको युवाटोली हरुको परिश्रम र
मेहनत र श्री भीमबहादुर गुरुङको खानाको चांजोफांजो मिलाउने काम अतिनै
प्रशंसनीय थियो ।
युवायुवतीहरुको सहयोग बीना यहां कुनै पनी काम सम्पन्न हुन गाह्रो छ ।
बिगतका वर्षहरुमा झैं यस वर्ष पनि युवायुवती हरुको सहयोग अतिनै अपरीहार्य
भयो । जस्को फलस्वरुप कार्यक्रम अतिनै सफल अनि रमाईलो ढंग संग
सम्पन्न भयो ।
तामागी समाज बेलायत यसै पत्रद्वारा तपांईहरु सबै
प्रत्यक्षरुपमा होस अथवा अप्रत्यक्षरुपमा होस सहभागीता भईदिनुभएकोमा मुरी मुरी धन्यवाद
टक्र्याउन चाहन्छ ।
दिन केहि हिसाबले बर्षालु भएता पनि यस वर्षको कार्यक्रम अतिनै रमाईलो भएको
थियो भन्नुमा कुनै अतियुक्ती नहोला ।
स्कटल्याण्डको ग्लास्गो बाट श्रीमती रतना गुरुङ आउनु भएको थियो भने
स्कान्डीभीनीएन देश नोरवे बाट श्री हेम गुरुङ र वहांको श्रीमती ईन्गा
गुरुङ का साथ साथै श्री योगेन गुरुङ र
वहांको श्रीमती एभी र छोरी एलीजा पनि आउनु भएको थियो । त्यती मात्र हैन
स्विटजरल्याण्ड बाट श्री शम्भु गुरुङको छोरा ललीत गुरुङ पनि आउनु भई
कार्यक्रमको शोभा बढाई दिनु भएको थियो । तामागी समाज बेलायत वहांहरुको
उपस्थीतीको लागी धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छ ।
कार्यक्रममा बेलायतको भेलामा पहिलो पटक आउनु भएका दाज्युभाई तथा
दिदीबहिनीका साथ साथै युवायुवती हरुलाई बिधीवत रुपमा भव्य स्वागत गरीयो ।
र वहांहरुको नामावली यसप्रकार छः श्री चलन गुरुङ, श्री घनबहादुर गुरुङ,
श्रीमती ईन्गा गुरुङ, श्री योगेन गुरुङ, श्रीमती एभी गुरुङ, सुश्री
एलीजाबेथ गुरुङ, श्रीमती नन्दा गुरुङ, श्री गोलमान गुरुङ, श्री रोहीत
गुरुङ, श्री ललीत गुरुङ र एरोन गुरुङ।
र कार्यक्रममा हाम्रा अतिथी कलाकार बाट सिंगल र आफ्नै साथीसंग मिलेर युगल
नृत्यहरु प्रदर्शन गर्नु भई आमन्त्रीत पाहुनाहरु लगायत सबैलाई आफ्नु कलाले
मन्त्रमुग्ध पार्न सफल हुनु भएको थियो। वहांहरुलाई पनि हाम्रो मुरी मुरी
धन्यवाद छ।
अन्तमा तामागीका रींचमी हरुको बयान नगरे त यो लेख पनि अधुरोनै रहने भयो ।
ज्वांई साहेबहरुको विषयमा त कुरै नगरौं होला । सबै हंसिला, फुर्तिला,
रमाईला र अतिनै मृदुभाषी
! हाम्रा दिदी बहिनीहरु त कती भाग्यमानी
! "हामीहरुलाई नाच्नको लागी
कुनै सांगीतीक धुन चांहिदैन, हामीहरु त हेर्नोस तपांईहरुको लागी भनेपछी
समाचारको धुन मात्र हैन, समाचारनै बजे पनि नाची दिन्छौं" श्री लोकबहादुर गुरुङ (तान्चोक,
हाल मोर्डन, लन्डन)
तामागीका दिदी बहिनीहरु बाट रोटी रक्सी र अरु बिभीन्न मिठा परिकार हरु
आफनो माईती राजाहरु लाई भनेर ल्याउनु भएको थियो । सटाक सुटुक्क सबैले यो
प्रश्न सोधेको भेटीयो । यो रोटी कस्ले बनाउनु भएको होला यती मिठो । आलुदम
पनि त्यतीनै स्वादिष्ट ।
र वहांहरु स्कटल्याण्डको ग्लास्गो देखी लिएर बेलायतको बिभिन्न भागबाट
हामीलाई सम्झेर आई दिनु भई कार्यक्रममा नाचगान अनि रमाईलो गरी दिनु भएकोमा
हामी तामागी समाज बेलायत धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौं ।
आउने वर्षको लागी हामीले जुलाई महिनाको १० गते शनिवारका दिन त्यही स्थानमा
सोही ढंगले गर्ने निर्णय पनि लिएका छौं ।
र यसै पत्रलाई निमन्त्रणा मानेर अर्को वर्ष पनि हाम्रो भेलामा आई दिनु
होला । समय र स्थानमा कुनै हेरफेर आएमा हामी तपांईहरुलाई ईमेल,
टेलीफोन अथवा तामागी वेभसाईट मार्फत सुचना दिनेछौं ।
आगामी वर्ष हाम्रै स्थानीय सांगीतीक रक व्याण्डले रमाईलो लाईभ संगीत पनि
प्रश्तुत गर्ने बचन दिनु भएका छन र हामी एकदमै आशावादी छौं। धन्यवाद! जय
तामागी!
R Gurung MBE (on behalf of
तामागी समाज बेलायत)
One
for the family album!
Thank you for visiting Tamagi website!
This site has been visited
times since 5 August 2007